Wed. Nov 27th, 2024

गृह मन्त्रालय नपाए सरकार छाड्ने राष्ट्रिय स्वतन्त्र पार्टीको सङ्केत

काठमाडौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृह मन्त्रालय नपाए तत्काल सरकार छाड्ने चेतावनी दिएको छ ।

मङ्गलवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र रास्वपाका सभापति रवि लामिछानेबीच भेट भएको थियो ।

भेटमा लामिछानेले आजै गृह मन्त्रालय आफ्नो पार्टीले पाउनुपर्ने बताएका थिए । बालुवाटार स्रोतका अनुसार बेलुकासम्ममै शपथ ग्रहण गराउन लामिछानेले अनुरोध गरेका थिए ।

भेटमा प्रधानमन्त्री दाहालले प्रक्रियाबाट आएपछि मात्रै गृह मन्त्रालयका विषयमा कुराकानी हुने जानकारी गराएको बालुवाटार स्रोतले जानकारी दियो ।

About The Author

अन्य समाचारहरु: