Thu. Nov 28th, 2024

नयाँ संसद् आजदेखि : पुरानै मुद्दा चुनौती

काठमाडौँ — संघीय संसद्का दुवै सदनको अधिवेशन सोमबार सुरु हुँदै छ । अधिवेशन दिउँसो १ बजेबाट हुने गरी कार्यसूची तय गरिएको छ । राष्ट्रिय सभाको चार महिनापछि अर्को अधिवेशन सुरु हुन लागेको हो भने नवनिर्वाचित प्रतिनिधिसभाको यो पहिलो अधिवेशन हो ।

प्रतिनिधिसभाको पहिलो कार्यकाल २०७४–०७९ उतारचढावपूर्ण भएको पृष्ठभूमिमा दोस्रो कार्यकाल सुरु हुन लागेको हो । मंसिर ४ को निर्वाचनमा कुनै पनि पार्टीले बहुमत सिट ल्याउन नसकेका कारण दुई वा दुईभन्दा बढी राजनीतिक दलहरू मिलेर संसद् र सरकार चलाउनुपर्ने स्थिति छ । प्रतिनिधिसभामा रहेका दलहरूबीच समन्वय हुन नसके संसद्को कामकारबाही नै बिथोलिने जोखिम रहेको छ ।

संसद्को दोस्रो ठूलो दल एमाले, तेस्रो दल माओवादीलगायतका सत्ता साझेदार दलहरूले प्रतिनिधिसभाको पहिलो अधिवेशनबाटै केही विषय सम्बोधन गर्ने गरी साझा न्यूनतम कार्यक्रमको खाका तयार गर्दै छन् । ती विषय राष्ट्रिय महत्त्वका र पेचिला छन् ।

साझा न्यूनतम कार्यक्रमको मस्यौदामा ‘सरकारले पूर्णता पाएको एक महिनाभित्र नेपाली नागरिकका सन्तानले नागरिकता नपाउने अवस्थाको अन्त्य गर्ने’ उल्लेख छ । त्यसका लागि ‘संसद्को पहिलो अधिवेशनबाट नागरिकतासम्बन्धी अन्य समस्या समाधान गर्ने’ भनिएको छ । नागरिकतासम्बन्धी कानुन निर्माणका सन्दर्भमा राजनीतिक दलहरूका मत बाझिँदै आएका छन् ।

About The Author

अन्य समाचारहरु: