Thu. Nov 28th, 2024

माओवादी निकट धादिङका पाँच वटा संघसंगठनमा नयाँ नेतृत्व चयन

धादिङ– नेकपा माओवादी केन्द्र निकट कर्मचारी र स्वास्थ्यकर्मीहरुको पाँच वटा संघ संगठनले नेतृत्व परिवर्तन गरेको छ ।  पाँचै वटा संगठनले शनिबार धादिङबेसीमा जिल्ला अधिवेशन गर्दै नेतृत्व हेरफेर गरेको हो ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती जिल्ला कार्यसमिति धादिङको सातौं जिल्ला अधिवेशनले अध्यक्ष कृष्ण कुमार श्रेष्ठलाई अध्यक्षमा चयन गरेको छ । श्रेष्ठ जिल्ला शिक्षा समन्वय समितिमा निजामती सेवामा कार्यरत छन् ।

त्यस्तै प्रगतिशील जनश्वास्थ्यकर्मी महासंघ नेपाल जिल्ला कार्यसमिति धादिङको प्रथम जिल्ला अधिवेशनले डा.रामचन्द्र रिजाललाई अध्यक्षमा चयन गरेको छ । उनी धादिङ अस्पतालमा कार्यरत छन् ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन स्वायत्त जिल्ला कार्यसमिति धादिङको अध्यक्षमा रन्जु ढुंगाना र राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठन धादिङ जिल्ला कार्यसमिति धादिङको अध्यक्षमा ब्रजेश तामाङ चयन भएका छन् । यी संघ संगठनहरुले स्वास्थ्यकर्मी र कर्मचारीहरुको हकहित संरक्षण र अधिकारको पक्षमा काम गर्दै आएको छ ।

जनसेवक बचत तथा ऋण सहकारी संस्था लि. नीलकण्ठ नगरपालिका-३, धादिङको अध्यक्षमा बिष्णु रिजाल चयन भएका छन् । १२औं वार्षिक साधारणसभा तथा अधिवेशनले जिल्ला स्वास्थ्य कार्यालयमा कार्यरत रिजाललाई सर्वसम्मत चयन गरेको हो । सहकारीले माओवादी समर्थक कर्मचारीहरुबीच बचत संकलन र ऋण लगानीको काम गर्दै आएको छ ।

संयुक्त कार्यक्रमलाई सम्बोधन गर्दै माओवादीका केन्द्रिय सदस्य राम बहादुर भण्डारीले कर्तव्यनिस्ट भएर काम गर्न माओवादी निकट कर्मचारीहरुलाई सुझाव दिएका छन् । स्वाविमान कर्मचारी भएर काम पनि निर्देशन दिएका छन् ।

About The Author

अन्य समाचारहरु: