Wed. Nov 27th, 2024

मेलम्चीको पानीका लागि दोस्रो चरणमा वितरण सञ्जाल निर्माण

काठमाडौँ – मेलम्चीको पानी राजधानीमा वितरण गर्न दोस्रो चरणमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेड केयुकेएल आयोजना कार्यान्वयन निर्देशनालयले सात सय ९६ किमी वितरण सञ्जाल निर्माण गरिरहेको छ ।

बालुवाटार, स्वयम्भू, मण्डिखाटार र कपन क्षेत्रमा निर्माण भइरहेको सात सय ९६ किमी वितरण सञ्जालमध्ये चार सय २७ किमीको काम सकिएको निर्देशनालयका प्रवक्ता चन्द्रकुमार पाँ श्रेष्ठले जानकारी दिनुभयो । बाँकी काम पनि चालु आर्थिक वर्षको अन्त्य अर्थात् असार मसान्तसम्म सकिने उहाँको भनाइ थियो ।

वितरण सञ्जालमा चार वटा निर्माण कम्पनीले काम गरिरहेका छन् । स्वयम्भू क्षेत्रमा शर्मा÷रमा जेभी, बालुवाटार क्षेत्रमा धुम्टिरम्स्कुरमाररसिएभीरक्याब जेभीले काम गरिरहेको निर्देशनालयले जनाएको छ ।

About The Author

अन्य समाचारहरु: