Sat. Mar 1st, 2025

पाँचौं वाग्मती गोल्डकप राष्ट्रिय फुटबल पुस अन्तिम सातादेखि

{"caption":"u0927u0930u093eu0928 u092bu0941u091fu092cu0932 u0915u094du0932u092cu0935u093fu0930u0941u0926u094du0927 u0917u094bu0932 u0917u0930u0947u092au091bu093f u0916u0941u0938u0940 u092eu0928u093eu0909u0901u0926u0948 u090fu092au0940u090fu092bu0915u093e u0916u0947u0932u093eu0921u0940 u0964 u0924u0938u094du092cu093fu0930 : u0938u0941u0926u0930u094du0936u0928 u0930u091eu094du091cu093fu0924nn","photographer":"","alt_text":""}

मकवानपुर — पाँचौं वाग्मती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता–२०७९ पुस अन्तिम सातादेखि मकवानपुरमा हुनेछ । आयोजक खेलकुद विकास समिति वाग्मती गाउँपालिका, मकवानपुरले शनिबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै पुस २४ देखि माघ ३ सम्म प्रतियोगिता गर्ने जानकारी दिएको हो ।

प्रतियोगितामा एक विदेशी क्लबसहित १० टोलीको सहभागिता रहनेछ । विदेशी टोलीको रूपमा भुटनिज युथ स्पोर्ट्स क्लब अमेरिकन सहित ए डिभिजनका ७ र मोफसलका २ टिमको सहभागिता रहने आयोजक समिति अध्यक्ष टीकालाल श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा त्रिभुवन आर्मी, नेपाल पुलिस, एपीएफ, मछिन्द्र क्लब, हिमालयन शेर्पा क्लब, चर्च ब्वाइज क्लब र जावलाखेल युथ क्लबको सहभागिता रहनेछ । आयोजक र मकवानपुर–११ ले मोफसलको प्रतिनिधित्व गर्नेछन् ।

विजेताले ८ लाख र उपविजेताले ४ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ५१ हजार, विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही १० हजार रुपैयाँ पाउनेछन् । हरेक खेलको म्यान अफ द म्याचले ५ हजार पाउनेछ । चौथो संस्करण अफ्रिकन रुट्स एसोसिएसन क्यामरुनलाई हराउँदै ‘ए’ डिभिजन क्लब थ्रीस्टारले जितेको थियो । प्राविधिक कारण देखाउँदै यसपालि थ्रीस्टारले सहभागिता नजनाउने भएको छ ।

‘प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । हामीले मैदान स्तरोन्नति गर्ने कार्य सकेका छौं । अब खेल तालिका सार्वजनिक गर्न बाँकी हो,’ अध्यक्ष श्रेष्ठले भने । उनले ‘ए’ डिभिजन लिगको मिति तोकिएका कारण प्रतियोगिताको तयारी छोटो समयमै गर्नुपर्ने भएको बताए ।

About The Author

अन्य समाचारहरु: