Sat. Mar 1st, 2025

पौष २६ गतेदेखि त्रिपुरासुन्दरी गोल्डकप हुने

धादिङ – जिल्ला स्तरीय प्रथम सल्यानटार गोल्ड कप–२०७९ हुने भएको छ । माघेसंक्रान्तिको अवसर पारेर त्रिपुरासुन्दरी युवा समाजले प्रथम सल्यानटार गोल्ड कप आयोजना गरेको हो ।

जिल्लाभित्रका खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्धेश्यले गोल्डकपको आयोजना गरिएको समाजका प्रभु खड्काले जानकारी दिए । खेल पौष २६ गतेदेखि माघ १ गतेसम्म संचालन हुनेछ । गोल्ड कपमा त्रिपुरासुन्दरी गाउँपालिकाभित्रका स्कुल नृत्य प्रतियोगिता, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती समेत रहने खड्काले जानकारी दिए । धादिङ जिल्लाभन्दा बाहिरका खेलाडीहरु तथा अन्य प्रतियोगीहरु भने समावेश हुन नपाइने भनिएको छ ।

फुटबल प्रतियोगितामा सहभागी भएर प्रथम हुने टोलीलाई रु एक लाख ५५ हजार पाँच सय ५५, द्वितीय हुने टिमलाई रु ६६ हजार ६ सय ६६ रको पुरस्कार राशि राखिएको आयोजकले जानकारी दिएको छ ।

About The Author

अन्य समाचारहरु: