Fri. Feb 28th, 2025

४ टिम सहभागी प्रतियोगितामा नेपाल चौथो

काठमाडौं – बंगलादेशमा भइरहेको काभा यू –२३ पूरुष भलिबल च्याम्पियनसिपमा नेपाल जितविहीन बनेको छ ।

सोमबार ढाकामा तेस्रो स्थानको लागि भएको खेलमा नेपाल श्रीलंकासँग पराजित भयो । प्रतियोगितामा नेपालले खेलेको पाँचवटै खेल हारेको हो ।

प्रतिस्पर्धात्मक खेलमा नेपाल श्रीलंकासँग ३ –२ को सेटमा पराजित भयो । यसअघि लिग चरणमा पनि नेपाल श्रीलंकासँग पराजित भएको थियो ।

श्रीलंकासँग नेपालले पहिलो सेट जिते पनि लय कायम राख्न सकेन । त्यसपछि लगातार दुई सेट गुमायो र चौथो सेट जित्दै खेल बराबरी गरेको थियो । तर पाँचौ तथा निर्णायक सेटमा नेपाल १५–१० ले पराजित भयो ।

About The Author

अन्य समाचारहरु: