
काठमाडौं : नेपाल टी २० लिग क्रिकेटमा आइतबार पनि दुई खेल हुँदैछन्। त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुने पहिलो खेलमा विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार्स भिड्नेछन्।
पहिलो खेलमा हिजो विजयी भएको लुम्बिनी आज लगातार दोस्रो जितको तयारीका साथ मैदानमा उत्रिँदैछ। पहिलो खेल खेल्न लागेको विराटनगर पनि विजयी सुरुवातको लक्ष्यमा हुनेछ।
दिउँसो १ बजे त्रिवि क्रिकेट मैदानमै हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र जनकपुर रोयल्स भिड्नेछन्। हिजोको खेलमा काठमाडौं नाइटस्सँग पराजित पोखरा आज पहिलो जितको खोजीमा हुनेछ।
जनकपुर रोयल्स भने पहिलोपटक मैदानमा उत्रिन लागेको हो। हिजोको खेलमा लुम्बिनी स्टाटर्स र काठमाडौं नाइट्सले विजयी सुरुवात गरेका थिए।