Wed. Nov 27th, 2024

तीन वर्षमा तीन हजार १९९ नेपालीले गुमाए विदेश ज्यान

पछिल्लो तीन वर्षमा तीन हजार १९९ नेपाली युवाहरूले विदेशी भूमिमा ज्यान गुमाएका छन्।

सरकारले आइतबार सार्वजनिक गरेको श्रम, आप्रवासन प्रतिवेदन २०२२ अनुसार ज्यान गुमाउनेमा पुरूषहरूको संख्या धेरै छ।

सन् २०१९/०२० देखि २०२२ सम्म तीन हजार ११५ जना पुरूषले ज्यान गुमाएका छन् भने ८४ जना महिलाले ज्यान गुमाएका छन्।

प्रदेशगत रूपमा हेर्दा मधेश प्रदेशका ७५१ जनाले ज्यान गुमाएका छन्। प्रदेश १ का ७०९ जना, लुम्बिनी प्रदेशका ६७७, गण्डकी प्रदेशका ४७८, बागमती प्रदेशका ४०९ जनाले ज्यान गुमाएका छन्। त्यस्तै कर्णाली प्रदेशका ११० र सुदूरपश्चिम प्रदेशका ५६ युवाले ज्यान गुमाएका हुन्।

त्यस्तै पछिल्लो वर्ष विभिन्न मुलुकका अस्पतालमा १६ जना नेपालीहरू जटिल अवस्थामा कोमामा उपचाररत छन्। जसमा १४ जना पुरूष र २ जना महिला रहेको तथ्यांकले देखाएको छ।

यो वर्ष ३७९ पुरूष र ३१ महिला गरी कुल ४१० जना हराएको तथ्यांक छ। हराउनेमा युएईमा सबैभन्दा धेरै, २५४ जना छन्। त्यस्तै मलेसियामा १०५, कुवेतमा ४८, साउदी अरेबियामा दुई र ओमानमा एक जना हराएका छन्।

पछिल्लो वर्ष विभिन्न मुलुकका जेलमा ७ सयभन्दा धेरै युवा रहेको तथ्यांकले देखाएको छ। युएईको जेलमा सबैभन्दा धेरै, ३४७ जना छन्।

About The Author

अन्य समाचारहरु: