Wed. Nov 27th, 2024

सल्यानटारको मास र घैयाधान धादिङ महोत्सवको आकर्षण बन्ने

धादिङ– आठौं धादिङ महोत्सवमा सल्यानटारको मास र घैया धान आकर्षकको रुपमा राखिने भएको छ । पुस ७ गते देखि १७ गतेसम्म चल्ने महोत्सवमा स्थानीयस्तरमा उत्पादन भएको मास, घैया धान, तिर, बेसार लगायतको उत्पादन विक्रि र प्रदर्शनमा राख्न लागिएको हो ।

हामी सवैको कृषि तथा बहुउदेश्यीय सहकारी संस्था लि.ले सल्यानटारमा पाइने कृषि उपजहरुको विक्रि तथा प्रदर्शनको व्यवस्थापन गर्ने भएको छ । देशभर प्रख्यात मानिने सल्यानटारको मास र भटमासको विक्रि तथा प्रदर्शनले बजारिकरणमा सहयोग पुग्ने सहकारीका सुरेन्द्र श्रेष्ठले बताए । सल्यानटारको मास छिटो पाक्ने, मिठो र पौष्टिक युक्त मानिन्छ ।

सल्यानटारको उत्पादनलाई त्रिपुरासुन्दरी गाउपालिका वडा न २ को सहयोगमा बजार प्रवद्र्धन गर्न लागिएको बताईएको छ । सहकारीले गाउँको उत्पादनलाई प्रोत्साहन गरौ, अग्रानिक प्रयोग गरि जीवन स्वस्थ्य बनाऔ भन्ने नाराका साथ सल्यानटार लगाएत जिल्लाकै उत्पादनलाई बजारिकरण गर्दैछ ।

About The Author

अन्य समाचारहरु: