काठमाडौ – निर्वाचनको नतिजा छ्यासमिस आएसँगै नयाँ सरकार गठनबारे विभिन्न कोणबाट विश्लेषण भइरहेका छन् ।
एउटै राजनीतिक पार्टीको स्पष्ट बहुमत नआएपछि हालकै सत्ता गठबन्धनले नयाँ सरकार बनाउने बताइरहेका छन् भने कतिपयले कांग्रेस एमाले मिलेर पनि सरकार बनाउन सक्ने सम्भावनालाई औँल्याइरहेका छन् ।
उनीहरुले तेस्रो विकल्पका रुपमा नेकपा एमालेले वाम पार्टीलाई साथ लिएर सरकार गठनका लागि पहल गरिरहेको समेत बताएका छन् ।
तर, नेकपा एमालेले अरूलाई समर्थन गरेर सरकार बनाउने, एमालेकै नेतृत्वमा सरकार बनाउने भनेर बाहिर आएका चर्चाप्रति कुनै सत्यता नरहेको नेकपा एमालेका एक शीर्ष नेताले दावी गरेका छन् ।