नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संसदीय इतिहासमा जितको नयाँ रेकर्ड बनाएका छन्।
एकै निर्वाचन क्षेत्रबाट लगातार सातौं पटक प्रतिनिधि सभा चुनाव जित्ने रेकर्ड देउवाका नाममा बनेको हो।
लगातार ६ पटक चुनाव जितेर सातौं पटक चुनावमा होमिएका कांग्रेसकै नेता विजयकुमार गच्छदार भने सुनसरी-३ मा पराजित भए। देउवाले भने गृह जिल्ला डडेल्धुराबाट २०४८ सालदेखि भएका सबै चुनावमा जित्दै आएका छन्।
देउवाले २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा भएका चुनावमा गरी लगातार सातौं पटक चुनाव जितेका हुन्। यसबीचमा देउवा गृहमन्त्रीदेखि प्रधानमन्त्रीसमेत भए।
अब नयाँ बन्ने सरकारमा पनि देउवा नै प्रधानमन्त्री भएमा उनी छैटौं पटक प्रधानमन्त्री हुनेछन्।