Thu. Nov 28th, 2024

राजेन्द्र प्रसाद पाण्डेको राजनीतिक यात्रा यस्तो छ

शंकर श्रेष्ठ
धादिङ –
धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी राजेन्द्र प्रसाद पाण्डे उमेरले ५६ वर्ष भए । २०१३ साल जेठमा धादिङको गजुरीमा जन्मिएका राजेन्द्रप्रसाद पाण्डे विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन् । पञ्चायती व्यवस्था विरुद्ध काठमाडौंको सरस्वती क्याम्पसमा विद्यार्थी आन्दोलनको नेतृत्व गर्दा पहिलो पटक २०३२ सालमा पाण्डे समातिए । जेलमा भएको झापा काण्डका राजबन्दीहरूसँगको भेटले उनलाई कम्युनिस्ट आन्दोलनबाट दायाँ–बायाँ हुन नसक्ने बनायो ।

पटक पटक गरी साढे ४ वर्ष जेल र एक वर्ष भूमिगत जीवन बिताएका पाण्डेसँग १० वर्ष शिक्षक बनेको अनुभव छ । ग्रामीण विकास विषयमा स्नातकोत्तर उनी २०३६, २०३८ र २०४२ सालमा शिक्षक आन्दोलनको नेतृत्वमा थिए ।

धादिङमा कम्युनिष्ट पार्टीको संस्थापक पाण्डे लामो समयको जिल्ला नेतृत्वमा रहे । उनी २०५० सालमा नेकपा (एमाले)को वागमती अञ्चल सचिव र २०५५ मा केन्द्रीय सदस्य निर्वाचित भए ।
२०४२ मा राष्ट्रिय पञ्चायत सदस्यको जनपक्षीय उम्मेदवार बनेका पाण्डे त्यतिबेला पराजित भएका थिए ।

२०४३ सालमा भएको जिल्ला पञ्चायतको निर्वाचनमा उनी सभापतीमा निर्वाचित भए । २०४२ सालबाट सुरु भएको पाण्डेको चुनावी यात्रा २०७९ मा पनि जारी रह्यो । यसपटक उनी धादिङ प्रतिनिधिसभा –१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए ।

०४८ सालयता निरन्तर सांसदको रूपमा संसदीय भूमिका देखिरहेका छन्, राजेन्द्र । देशमा वहुदलीय व्यवस्था पुनस्र्थापनापछि २०४८, २०५१, २०५६ र २०७० मा धादिङबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका पाण्डे २०६४ को चुनावमा भने नेकपा माओवादी केन्द्रका शालिकराम जम्कट्टेलसंग पराजित भए र संविधानसभामा पुग्न पाएनन् । तर २०७० सालको संविधानसभाको दोश्रो निर्वातनमा उनै जम्कट्टेललाई पराजीत गर्दै संविधानसभामा पुगे । पटक पटक प्रतिनिधिसभा सदस्य भएका उनी एकपटक स्थानीय विकास मन्त्री पनि भए ।

२०७४ को निर्वाचनमा भने उनी मुख्यमन्त्री बन्ने उद्देश्यले धादिङ–१ (१) बाट प्रदेश सभामा जिते । तर उनकै पार्टी एमालेको बहुमत भएको वागमती प्रदेशमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो गुटका डोरमणि पौडेललाई मुख्यमन्त्री बनाए । एमाले विभाजन भएपछि नेकपा (एकीकृत समाजवादी) रोजेर पार्टीको केन्द्रीय उपाध्यक्ष भएका उनी त्यसछि भने वागमती प्रदेशको मुख्यमन्त्री बने ।

अहिले उनी नेकपा एकीकृत समाजवादीको केन्द्रीय उपाध्यक्ष छन् । विद्यार्थी आन्दोलनबाट राजनीतिमा सक्रिय हुनुभन्दा अघि उनी शिक्षण पेसामा आवद्ध थिए । ०३२ सालमा सरस्वती क्याम्पसको नेतृत्व गरेर आन्दोलनमा हिँड्ने क्रममा जेल परेका राजेन्द्र त्यसपछि झापा आन्दोलनलाई समर्थन गर्दै उनी सक्रिय राजनीतिमा लागेका थिए । २०३३ वैशाखमा राष्ट्र विप्लवको मुद्दामा उनलाई १० वर्ष जेल र १० हजार जरिवाना तोकिएको थियो ।

जेल बस्ने क्रममा उनी २०३३ सालमा केन्द्रीय कारागारमा पार्टीको जेल कमिटीको सदस्य भएका थिए । त्यतिबेला उनी ४२ दिन जेल बसेका थिए । पाण्डेले २०५० वैशाख २० देखि नेपालगन्जमा सम्पन्न छैटौं महाधिवेशनबाट अञ्चल सचिवको जिम्मेवारी सम्हालेका थिए । उनले २०३६, २०३८ र २०४२ सालमा सम्पन्न शिक्षक आन्दोलनको नेतृत्वसमेत गरेका थिए ।

साढे तीन वर्षको कसरतपछि बागमती प्रदेशको मुख्यमन्त्री बनेका राजेन्द्र पूसाद पाण्डेलाई फेरी पनि आफ्नो छवि सुधार्ने अवसर मिलेको छ । यस पटकको निर्वाचनमा पाण्डेले पूर्वपार्टी एमालेका सांसद एवम् जिल्ला अध्यक्ष भुमि त्रिपाठीलाई पराजीत गर्दै संघिय संसदमा पुगेका छन् ।

About The Author

अन्य समाचारहरु: