धादिङ – धादिङका साहित्यकार डिल्लीरमणशर्मा अज्र्यालको सोमबार निधन भएको छ ।
लामो समयदेखि दमको रोगबाट पीडित अज्र्यालको धादिङको निलकण्ठ नगरपालिका ३ स्थित आफ्नै निवासमा निधन भएको हो ।
वि.स. १९८८ चैत ७ गते जन्मेका अज्र्यालले श्रीरङ्गस्तुति, वेदनिधि, गंगाजमुना, मुटु खायो, गुरुदक्षिणा, थोपल, नेपालदर्शन लगायतका थुप्रै साहित्यिक कृतिहरु प्रकाशित गरेका छन् ।
धादिङ साहित्य समाज धादिङका संस्थापक अध्यक्ष समेत रहेका साहित्यकार अज्र्याल लामो समय शिक्षण पेशामा पनि आबद्ध रहेका थिए ।
उनका २ छोरा र ७ छोरीहरु रहेका छन् ।