Tue. Nov 26th, 2024

संविधानको पहिलो मस्यौदा माथि छलफल

masauda discuss 1
धादिङ – धादिङको तीन वटै निर्वाचन क्षेत्रहरुमा नेपालको संविधान २०७२ को प्रारम्भिक मस्यौदामा सुुझाव संकलन कार्य गरिएको छ । धादिङ निर्वाचन क्षेत्र नम्बर १ को सल्यानटारमा, निर्वाचन क्षेत्र नम्बर २ को धादिङबेसी र निर्वाचन क्षेत्र नम्बर ३ को गजुरीमा कार्यक्रम गरी सुझाव संकलन गरिएको छ ।

masauda discuss 3

सुझाव संकलन कार्यक्रममा प्रत्यक्ष तथा समानुपातिक सभाषद, पूर्व सांसद तथा नागरिकहरको सहभागीता रहेको थियो । नागरिकहरुले सबैभन्दा बढी शासकीय स्वरुप र राजनितिक गर्नेहरुको लागि शैक्षिक योग्यता तोक्ने व्यवस्था हुनुपर्ने सुझाव दिएका छन् । जनताको हितमा नै संविधान जारी होस् र जनताले चाहेका कुराहरु नै संविधानमा समेटियोस भन्नका लागि सुझाव संकलन गरिएको हो । यसैगरी नागरिकहरुले सरकारले नै रोजगारीको व्यवस्ता गरिदिनुपर्ने, शिक्षा स्वास्थ्य निशुल्क हुनुपर्ने, संघीयतामा जादा सबै जातजाती भाषाभाषी तथा नेपालीलाई एकताको सुत्रमा बाँध्ने खालको बनाउनुपर्ने जस्ता सुझाव दिएका छन् ।

masauda discuss 2

त्यस्तै नागरिकहरुले कृषि प्रधान देश भएपनि निर्वाहमुखी भएको, सरकारले कृषि क्षेत्रमा धेरै लगानी गर्नुपर्ने, जनताबाट निर्वाचित राष्ट्रपति र प्रधानमन्त्री हुने व्यवस्था हुनुपर्ने, अपाङगता भएकाहरुलाई विषेश अधिकारको व्यवस्था हुनुपर्ने, अपाङगता सम्बन्धी मस्यौदामा समावेश भएको धारा २ सय ६४ भाग ३० र धारा १ सय १३ को भाग ५ मा उल्लेखीत भएका बुदाहरु सच्चाउनुपर्ने जस्ता सझुाव संकलन भएको छ ।

masauda discuss 4

 

धार्मिक स्वतन्त्रता हुनुपर्ने र अबका नेतृत्व युवा पुस्तालाई दिनुपर्ने जस्ता सुझाव संकलन भएको छ ।

About The Author

अन्य समाचारहरु: