Thu. Nov 28th, 2024

धादिङ–१ मा गठबन्धनको तीव्र प्रचार सुरु, एमाले पनि प्रचारमा व्यस्त

धादिङ– मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि धादिङका राजनीतिक दल र उम्मेदवारहरुले खुल्ला प्रचार थालेका छन् ।

निर्वाचन आयोगले कात्तिक १७ देखि मंसिर १ गतेसम्म प्रचार प्रसारका लागि समयावधी तोकेसँग उम्मेदवारहरुले औपचारिक रुपमा पार्टीको झण्डा र कार्यकर्ताको आम भेलासहित प्रचार थालेको हो ।

धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा सत्तागठबन्धन र नेकपा एमाले दुबै पक्षले आजबाट औपचारिक रुपमा प्रचार थालेका छन् । यस क्षेत्रमा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा एकिकृत समाजवादीका उपाध्यक्ष एवं् बागमती प्रदेश सरकारका मुख्य मन्त्री राजेन्द्र प्रसाद पाण्डेले बेनिघाट रोराङ गाउँपालिकाबाट प्रचार र घरदैलो सुरु गरेका छन् ।

संघीय उम्मेदवार पाण्डेसँग प्रदेशसभा ‘क’ मा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका मधुकुमार श्रेष्ठ र प्रदेशसभा ‘ख’ का साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका नेता एवं् बागमती प्रदेश सरकारका मन्त्री शालिकराम जम्कट्टेल पनि घरदैलोमा निस्किएका छन् । उम्मेदवारहरुलाई मतदाताले ठाउँठाउँमा स्वागत गरेका छन् ।

गठबन्धनबाट पाण्डेका प्रतिष्पर्धी नेकपा एमालेका भुमी त्रिपाठीले पनि विहिबारबाट थाक्रे गाउँपालिकाबाट औपचारिक प्रचार थालेका छन् । प्रदेशसभा ‘क’का प्रतिष्पर्धी एमालेका रमेश आचार्य र ‘ख’ का गजेन्द्र थपलियाले पनि विहिबारबाट प्रचार तिव्र पारेका छन् ।

यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट कमेडियन हिमेश पन्तले प्रचार गरिरहेका छन् । प्रदेशसभा ‘क’ का स्वतन्त्र उम्मेदवार नेत्रराज पौडेलले पनि विजुलीको चिम चुनाव चिन्ह लिएर तीव्र प्रचार गरिरहेका छन् ।

जिल्लामा रहेको एक सय ४ वडा मध्य धादिङ–१ मा ५३ वडा छन् । कुल एक लाख ३५ हजार दुई सय ४२ मतदाता छन् ।

About The Author

अन्य समाचारहरु: