Sat. Mar 15th, 2025

अस्ट्रेलियामा विद्यार्थीलाई डेरा पाउनै सास्ती

अस्ट्रेलिया — अध्ययनका लागि पश्चिम अस्ट्रेलिया आएका कतिपय नयाँ विद्यार्थीले बस्नका लागि घरभाडामा नपाएपछि सहयोगका लागि ‘पर्थ योङस्टर ग्रुप’ लाई सम्पर्क गर्ने गर्छन् ।
ग्रुपले अहिले दर्जन बढी विद्यार्थीलाई निःशुल्क रूपमा बसोबास र खानपिनको व्यवस्था मिलाइरहेको छ ।

त्यसैगरी, तास्मानियास्थित नेपालीको संगठन नेपाली सोसाइटी अफ तास्मानियााई समेत हरेक दिन यस्तै अनुरोधसहित विद्यार्थीले सम्पर्क गर्ने गरेका छन् । उक्त संगठनले गएको ३ महिनामा दर्जन बढी विद्यार्थीलाई विभिन्न स्थानमा बसोबासको व्यवस्था मिलाइदिइसकेको छ ।

अस्ट्रेलियामा अहिले उच्चशिक्षा अध्ययनका लागि आएका नयाँ विद्यार्थीले तास्मानिया र पर्थमा मात्र होइन, अन्य स्थानमा पनि बस्ने स्थान नपाएर समस्यामा छन् । उनीहरूलाई पर्थको योङस्टर ग्रुप, तास्मानियाको नेपाली समाजमात्र नभई प्रवासी नेपालीको संगठन एनआरएनएलगायत अन्य संस्थाले सहयोग गरे पनि समस्या भने उस्तै छ ।

विद्यार्थीलाई प्रत्यक्ष रूपमा सहयोग पुर्‍याइरहेका समाजसेवीका अनुसार सिड्नी, मेलबर्नलगायत मुख्य सहरमा घरभाडामा पाउने समस्या अन्य क्षेत्रको तुलनामा कम भए पनि महँगाइका कारण एक्लै घरभाडामा लिन सक्ने अवस्था छैन । त्यसका साथै, पछिल्लो समय विद्यार्थीको संख्या बढिरहेका दुर्गम क्षेत्रमा तर भाडामा घर पाउनै कठिन छ ।

अहिले पनि सहयोगका लागि हरेक दिनजसो कोही न कोही विद्यार्थीले हामीलाई सम्पर्क गर्नुहुन्छ,’ योङस्टर ग्रुपका अध्यक्ष प्रकाश घिसिङले कान्तिपुरसँग भने । अहिलेसम्म आफूहरूले कम्तीमा ५० विद्यार्थीलाई निःशुल्क रूपमा सहयोग पुर्‍याइरहेको उनले बताए । एक दर्जन विद्यार्थीलाई उक्त ग्रुपले निःशुल्क रूपमा बसोबास र खानपिनको व्यवस्था गरिरहेको छ । ‘हामी बस्ने स्थानका लागि सहयोग गर्ने मात्र नभएर आवश्यकताअनुसार विमानस्थलबाट पिकअप गर्ने र सकेसम्म जागिरको समेत बन्दोबस्त गरिरहेका छौं,’ घिसिङले भने ।

About The Author

अन्य समाचारहरु: