Thu. Nov 28th, 2024

६८ लाख बढी मतपत्र छपाई सकियो

काठमाडौ – निर्वाचन आयोगले पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फका लागि ६८ लाख बढी मतपत्र छपाई भइसकेको जनाएको छ। आयोगले आजसम्म थप २४ लाख मतपत्र छपाइ सम्पन्न हुँदा ६८ लाख १० हजार पुगेको जनाएको हो।

छपाइ भएका मतपत्रमध्ये प्रदेशसभा सदस्यतर्फका ३४ लाख ६८ हजार र प्रतिनिधिसभा सदस्यतर्फका ३३ लाख २४ हजार रहेको आयोगले जानकारी दिएको छ।

यसैबीच मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि तीनवटा प्रदेशमा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी सम्पन्न भएको छ।

आज दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर र काठमाडौं जिल्लामा मतपत्र ढुवानी भएसँगै प्रदेश नं १, मधेश प्रदेश र बागमति प्रदेशका सबै जिल्लाका सबै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी सम्पन्न भएको हो।

योसँगै समानुपातिक निर्वाचन प्रणालीतर्फ ढुवानी भएको मतपत्रको संख्या २ करोड २२ लाख २५ हजार पुगेको छ। जसमा प्रदेश सभातर्फ १ करोड १४ लाख ९९ हजार तथा प्रतिनिधिसभाका लागि १ करोड ७ लाख २६ हजार मतपत्र रहेका छन्।

About The Author

अन्य समाचारहरु: