धादिङ – दुई वर्षदेखि सिरियामा बन्धक रहेकी धादिङको मुरलीभञ्ज्याङ–८ की सुनिता मगर घर फर्किएकी छिन् ।
दलाले दुई वर्षको तलब लिएर हिँडेपछि सिरियास्थित साहुकोमा अलपत्र परेकी सुनिता गैरआवासीय नेपाली संघ, एनआरएन फिनल्याण्डको सहयोगमा विहिबार नेपाल फर्किएकी हुन् ।
सुनिताको राहदानी साहुबाट फिर्ता लिई साहुलाई ३ हजार डलर बुझाएपछि सुनितालाई नेपाल फर्काईएको एनआरएन फिनल्याण्डका अध्यक्ष बालकृष्ण श्रेष्ठले जानकारी दिए । सुनितालाई सिरिया पु¥याउने ददालले तलब लिएर हिँडेपछि साहुले सुनितालाई फर्काउँदा आठसय डलर मागेको थियो ।
सुनितालाई नेपाल फर्काउन विभिन्न देशमा कार्यरत नेपालीले आर्थिक सहयोग गरेका थिए । साहुले पासपोर्ट नदिँदा र मागेको रकम तिर्न नसक्दा सुनिता द्धन्दग्रस्त मुलुक सिरियाबाट नेपाल फर्कन सकेका थिएन ।