विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रविन्द्र मिश्र नेतृत्वको वृहत ध्रुवीकरण समूह राप्रपामा समाहित हुने निश्चित भएको छ ।
राप्रपा र रविन्द्र मिश्र समूहबीच भोलि बुधवार काठमाडौंमा एकता घोषणा सभा हुने निश्चित भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
पछिल्लो समय विचारभन्दा माथि देश अभियान चलाइरहेका मिश्रको एजेण्डा राप्रपासँग मिलेपछि राजेन्द्र लिङ्देन र उनीबीच पार्टी एकताको सहमति भएको हो । मिश्रलाई पार्टीमा भित्र्याउन राप्रपाले बुधबार एकताको घोषणासभा आयोजना गरेको छ ।