Thu. Nov 28th, 2024

प्रतिनिधिसभा अब ११ दिन मात्र

काठमाडौँ — प्रतिनिधिसभाको कार्यकाल निर्वाचनपछिको पहिलो बैठकसम्म पुर्‍याउने आफ्नै प्रस्तावबाट सत्तापक्ष पछि हटेपछि अब ११ दिनमा सभा सकिँदै छ ।

आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि दलहरूले असोज २ मा समानुपातिक उम्मेदवारको बन्दसूची दर्ता गर्दै छन्, अघिल्लो दिन असोज १ मा नै सांसदहरू बिदा हुनुपर्नेछ ।

सरकारले शुक्रबार राति दर्ता गरेको ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक’ मा प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल लम्ब्याउन पनि प्रस्ताव मिसाएको थियो । तीव्र आलोचनापछि सत्तापक्षबाटै संशोधन प्रस्ताव राखेर विधेयकबाट उक्त व्यवस्था फिर्ता गरिएको छ ।

निर्वाचन आयोगले पनि समानुपातिक निर्वाचनका लागि बन्दसूची पेस गर्नु अघिल्लो दिन प्रतिनिधिसभाको कार्यकाल अन्त्य हुने घोषणा गरिसकेको छ ।

प्रमुख आयुक्त दिनेशकुमार थपलियाले २०७४ को निर्वाचनमा पनि समानुपातिक उम्मेदवारी दर्ताको अघिल्लो दिनसम्म मात्र प्रतिनिधिसभाको कार्यकाल रहेको स्मरण गराउँदै आफ्नै अभ्यास र कानुनी व्यवस्थालाई अवज्ञा गर्न नमिल्ने बताए ।

‘२०७४ मा प्रतिनिधिसभाको निर्वाचनका लागि दलहरूले समानुपातिकतर्फको बन्दसूची बुझाउनु अघिल्लो दिन असोज २८ सम्म व्यवस्थापिका संसद् रहेको थियो ।

About The Author

अन्य समाचारहरु: