Sat. Mar 15th, 2025

नङ पालेर अमेरिकी महिलाको विश्व कीर्तिमानी

अमेरिकी एक महिलाले विश्वकै सबैभन्दा लामो नङको कीर्तिमान बनाएकी छिन्। डायना आर्मस्ट्रङले यस्तो कीर्तिमान बनाएको गिनिज वर्ल्ड रेकर्ड्सले  जनाएको हाे।

मिनेसोटाकी ६३ वर्षीया डायनाको  दुबै हातका नङको कुल लम्बाइ ४२ फिट १० दशमलव ४ इन्च लामो रहेको गिनिज वर्ल्ड रेकर्डले जनाएको छ। डायनाले विगत २५ वर्षदेखि नङ पाल्दै आएकी थिइन्।

उनको दायाँ हातको बुढी औला ४ फिट ६ दशमलव ७ इन्च लामो छ। बुढी औँलाको नङ सबैभन्दा लामो छ। उनले पछिल्लो पटक सन् १९९७ मा नेलकटर प्रयोग गरेकी थिइन्।

About The Author

अन्य समाचारहरु: