Mon. Mar 10th, 2025

वैदेशिक व्यापार २१ खर्ब २० अर्ब, बजेटकै हाराहारी व्यापार घाटा

काठमाडौं – नेपालको वैदेशिक व्यापारले नयाँ कीर्तिमान राखेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८७९ को वाषिर्क तथ्यांक अनुसार नेपालको वैदेशिक व्यापारको आकार २१ खर्ब २० अर्ब ४७ करोड रुपैयाँ बराबरको भएको छ ।

यो गत आर्थिक वर्ष २०७७/७८ को तुलनामा २६.१५ प्रतिशत धेरै हो । सो आवमा वैदेशिक व्यापारको आकार १६ खर्ब ८० अर्ब ९६ करोड रुपैयाँ बराबरको भएको थियो ।

वैदेशिक व्यापारमा ९.४३ प्रतिशत निर्यातको हिस्सा रहँदा आयातको हिस्सा ९०.५७ प्रतिशत रहेको छ । फलस्वरुप व्यापार घाटा समेत उच्च रहेको छ ।

बजेटकै हाराहारी व्यापार घाटा

तथ्यांक अनुसार नेपालले आर्थिक वर्ष २०७८/७९ मा १९ खर्ब २० अर्ब ४४ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । २ खर्ब रुपैयाँको वस्तु निर्यात गरेको छ । यसले व्यापार घाटा १७ खर्ब २० अर्ब रुपैयाँ बराबरको भएको छ । यो नेपालको वाषिर्क बजेटकै हाराहारी हो ।

चालु आर्थिक वर्ष २०७९र८० मा सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ । आर्थिक वर्ष २०७७र७८ मा १३ खर्ब ९८ अर्ब रुपैयाँको व्यापार घाटा थियो । सो आवमा आयात १५ खर्ब ३९ अर्बको हुँदा निर्यात १ खर्ब ४१ अर्ब रुपैयाँको भएको थियो ।

निर्यात व्यापारमा नयाँ कीर्तिमान

नेपालले यस वर्ष निर्यातमा नयाँ कीर्तिमान राखेको छ । गत आर्थिक वर्ष २०७७र७८ मा १ खर्ब ४१ अर्ब रुपैयाँको निर्यात गरी कीर्तिमान राखेको नेपालले आर्थिक वर्ष २०७८/७९ मा भने ४१.७४ प्रतिशत बढी निर्यात गर्दै नयाँ कीर्तिमान कायम गरेको छ ।

यस वर्ष निर्यात २ खर्ब ३ करोड रुपैयाँको निर्यात भएको छ । यसले व्यापारको हिस्सामध्ये निर्यातको ‘भ्यालू’ १२.३६ प्रतिशतले वृद्धि भएको छ । तर, आयातमा समेत गत आवको तुलनामा २४.७२ प्रतिशतको वृद्धि हुँदा व्यापार घाटामा सुधार हुन सकेन ।

यस आवमा नेपालले कुल १९ खर्ब २० अर्ब रुपैयाँको वस्तु आयात गरेको छ । अघिल्लो आव २०७७र७८ मा १५ खर्ब ३९ अर्ब रुपैयाँको वस्तु आयात भएको थियो ।

About The Author

अन्य समाचारहरु: