Fri. Nov 29th, 2024

सेफ हाउसका बालिकाको शिक्षामा हेफरको सहयोग !

धादिङ– सुरक्षित आवास गृह (सेफ हाउस)मा रहेका बालिकाहरूलाई विद्यालय पोसाक, ब्याग, शैक्षिक सामाग्री सहयाेग गरेकाे छ ।

सहयात्रि समाज नेपालले संचालन गरेकाे सेफ हाउसमा रहेका ५ जना बालिकाहरूलाई हेफर ईन्टरनेशनल नेपालले सहयाेग गरेकाे हाे ।

विभिन्न हिंसामा परि सेफ हाउसमा बसिरहेका  बालिकाहरूकाे शिक्षामा सहयाेग गरिएको हेफर नेपालका कार्यक्रम अधिकृत कृष्ण कट्टेलले बताए । ‘हेफर नेपालले आफ्ना कर्मचारीहरूबाट मासिक रूपमा पाउने पारिश्रमिककाे केहि रकम गर्ल चाईल्ड फन्टमा जम्मा गर्ने गरेकाे छ’, कट्टेलले भने-‘त्यहि फन्टबाट बिपन्न , गरिब , टुहुरा वा समस्यामा परेका बालिकाहरूलाई शिक्षामा सहयाेग गर्दै आएका छौं ।’

याे बर्ष देशभर ३ सय ८५ बालिकाहरूको शिक्षामा सहयाेग गरेकाे हेफर नेपालका सहनिर्देशक डा.केशप शाहले जानकारी दिए । एक जना बालिकालाई ८ हजार बराबरकाे कपडा, ब्याग, स्टेशनरीलगायत सामाग्री सहयोग गर्दै आएको पनि उनले बताए ।

About The Author

अन्य समाचारहरु: