Fri. Nov 29th, 2024

नीलकण्ठको टोलटोलमा स्वास्थ्य शिविर

धादिङ– धादिङको नीलकण्ठ नगरपालिकाले टोलटोलमा घुम्ती स्वास्थ्य शिविर संचालन गर्न थालेको छ ।

नगरपालिकाले जेष्ठ नागरिहरुलाई लक्ष्यित गरि १८ वटा स्वास्थ्य सस्था मार्फत शिविर संचालन गर्न थालेको हो । स्वास्थ्य प्रमुख विष्णु रिजालका अनुसार जेष्ठ नागरिहरुलाई लक्ष्यित गरेर नियमित टोलटोमा घुम्ती शिविर सुरु गरेको हो ।

शिविरमा प्रारम्भिक चेक जाँच, परामर्श र औषधी वितरण हुने र गम्भीर समस्या देखिए तत्काल थप उपचारको लागि रिफर गरिने रिजालले बताए ।

About The Author

अन्य समाचारहरु: