तोला कुमारी पाठक, अधिवक्ता –
सुन्दर घर, मिलेको परिवार कसको कल्पना नहोला र ? सबैले आफनो जीवनमा असल जीवन साथी, राम्रा बच्चाहरु अनि टन्न सम्पती, शान्त वातावरणमा सबैले मिलेर भोग गर्ने । यो सबै परिवारको सोचाई यस्तै यस्तै हो । जीवनमा रहर भएर पनि पारिवारीक समस्यामा त धेरै फस्ने गरेका छन् । आजभोली ठाँउ ठाँउमा संम्बन्धविच्छेदको विषयलाई लिएर धेरै टिका टिप्पणी हुने गरेको पाईएको छ । बुझेर होस या नबुझेर । हुन पनि हाम्रो धादिङ जिल्लामा सम्बन्धविच्छेद गर्नेहरु दिनानूदिन बढ्दो मात्रामा पाईन्छ । आज भोलि पनि सम्बन्धविच्छेदकै लागि पहल गर्ने र अदालतमा जानेहरुको संख्या उल्लेख्य पाईन्छ । यो भन्न मात्र सजिलो हो तर कसरी बढिरहेछ त घटनाहरु भनेर हेर्ने हो भने जति पनि महिलाहरु सम्बन्ध विच्छेदको लागि आउछन् ति महिलाहरु आफू माथि हुने गरेको हिंसाको प्रतिकार गर्दा सम्बन्धविच्छेद गर्न पर्ने बाध्यता आएको देखिन्छ ।
हाम्रो जस्तो पितृसतात्मक सोंच भएको समाज मा महिलाहरु सबै बन्धन भित्र रहनु पर्छ भन्ने मान्यता रहेको छ । रहेका पनि छन् ।आजसम्म कुनै पनि महिला आफनो घरलाई नै आफनो सानमान ठानेर बस्ने गर्छन । आखाँमा आएको आशु पनि लुकाएर हिडने गर्दछन् । घर भनेको सबै कुरा हो भनेर अन्य दुख जति लुकाएर आफू माथिका सबै हिंसा सहनशीलताको साथ अन्त्य गर्ने गरेको पाईन्छ ।
महिलाहरुले सकेसम्म हिंसा सहने गर्दछन् । जीवन बाच्नको लागि घरमा नै धेरै कोशिस गर्ने गर्दछन् । कुनै पनि उपाएहरु नभएपश्चात मात्र अरु विकल्प सोच्ने गर्दछन् । माइती घर, श्रीमानको घर, छिमेकी र आफन्त,समाज लगायत आफना भन्नेहरु सबैकहाँ जानका लागि सबै ढोकाहरु वन्द भए पश्चात न्याय माग्नको लागि परिचित व्यक्तिहरुको सहयोगमा विभिन्न निकायमा जाने गर्छन । ति निकायहरुमा जादा पनि न्याय पाउनाको अलवा दुख र झन्झटमा बारम्बार हिड्ने गर्दछन् । जीवनभरी तनाव, सबै जनाबाट अपमान, घरको व्यक्तिका चरम यातना र हिंसाका कारण सबै सहन भन्दासम्बन्धविच्छेद गरी आफनो बाटो लागे उचित ठानी निर्णय गरेका हुन्छन् । यसरी गर्ने सम्बन्धविच्छेद रहरले भन्दा पनि हिंसाका कारण आउने गरेको पाईन्छ ।
विवाह पछि महिला र पुरुष सगै बस्न नसक्ने भएपछि छुट्टिएर बस्नु नराम्रो त हैन । यसलाई सहज रुपमा स्वीकार्नु पनि पर्दछ । कतिपय समुदायमाा सम्बन्धविच्छेदलाई सामाजिक रुपमा बार्जित गरीएता पनि आजभोली सम्बन्ध विच्छेद गर्नेको संख्यामा अघिल्ला वर्षहरुको तुलनामा दिनानूदिन बढ्दै आईरहेको छ । सोच विचारका साथ सम्बन्ध विच्छेद गर्नु ले त हानी नगर्ला तर हतारमा गरीएको निर्णयले भने पछि असर पर्न गईरहेको छ । यसको असर निर्दोसी बच्चाहरुमा पर्न गएको छ बाबुआमाको न्यायो माया पाउने उमेरमा कि बाबु कि आमा देखि टाढा बस्नुपर्ने हुन्छ । यस्तो वातावरणले गर्दा बालबालिकामा मनोसामाजिक असर पर्न जान्छ । जसका कारण विकृत मानसीकताका बन्न पुग्छन् र आपाराधिक कार्यमा संलग्न हुन पुग्छन् ।
कानुनी रुपमा महिलाले सम्बन्धविच्छेद गर्न पाउने आधार तोकेको छ । लोग्नेले दोश्रो विवाह गरेमा, खानलाउन नदिई घरबाट निकालेमा, लगातार तीन वर्ष वा सो भन्दा बढी समयसम्म खोजखबरनगरी अलग बसेमा,ज्यान जाने अंगभंग हुने वा ठूलो शारिरीक वा मानसिक कष्ट हुने काम गरेमा, लोग्नेलाई निको नहुने गरी यौन रोग लागेमा, लोग्ने नपुशक भएमा, लोग्नेले पर स्त्रीसंग करणी गरेमा सम्बन्धविच्छेद गर्न सक्छिन् । पुरुषले सम्बन्धविच्छेद गर्न पाउने प्रावधानमा लोग्नेलाई निजको मञ्जुरी बेगर लगातार तीन वर्ष वा सो भन्दा बढि समयदेखि छोडी अलग बस्ने गरेमा वा लोग्नेको ज्यान जाने, अगंभंग हुने वा अरु कुनै ठूलो शारीरीक वा मानसिक कष्ट हुने खालको काम वा पञ्पन्च गरेमा वा स्वास्नीलाई निको नहुने रोग लागेमा वा स्वास्नीले परपुरुषसँग करणी गराएको ठहरेमा सम्बन्धविच्छेद गर्न पाउने भनि तोकिएको छ । यसको लागि पुरुषले गाविसहुदै अदालतसम्म पुग्नुपर्छ भने महिला भने सिधै अदालत बाट न्यायिक प्रकृयामा जान सक्छन् । पुरुष आफनै घरमा वसेर मुद्धा मालिला गर्न सक्छन तर महिला ले न्याय पाउनका लागि आफनो घर, परिवार, नातेदार, छरछिमेक सबैलाई तोडेर सडकमा आउनु पर्ने हुन्छ ।
सबै कुरा सहेर वस्नु पर्छ भन्ने कुरा गलत हो । सोच विचारका साथ सम्बन्ध विच्छेद गर्नु ले त हानी नगर्ला तर हतारमा गरीएको निर्णयले भने पछि असर पर्न गईरहेको छ । यसको असर निर्दोसी बच्चाहरुमा पर्न गएको छ बाबुआमाको न्यायो माया पाउने उमेरमा कि बाबु कि आमा देखि टाढा बस्नुपर्ने हुन्छ । बच्चाको सँग वस्ने भन्ने कुरा भए तापनि बच्चाहरु अधिकांश आमा सँगै बस्ने गरेको हुन्छन् । यसो हुदा ति बच्चाको खान वस्न थप कार्य बोझ आमा मै निहित हुने गरेको छ । बालमैन्त्रि बातावरण घरमा नहुदा बालबालिकामा मनोसामाजिक असर पर्न जान्छ । जसका कारण विकृत मानसीकताका बन्न पुग्छन् र आपाराधिक कार्यमा संलग्न हुन पुग्छन् । समाजमा सम्बन्ध विच्छेदका धेरै असर हरु परीरहेका छन भने अर्का तिर यो हास्य व्यग्य को रुपमा विकसित भएको छ ।
आजभाली सम्बन्धविच्छेद गर्नमा महिला दोषि हुन भन्ने गरेको पाईन्छ । तर यो सोच र भनाई गलत हो । किनकी हाम्रो जस्तो समाजमाा कोही पनि महिला एक्लो बाच्नको लागि सहज छैन । समाजले लगाउने लाल्छना भोग्नका लागि कोही पनि तयार हुदैन भन्ने कुरा बुझ्नु पर्दछ । सम्बन्धविच्छेद बढ्नु भनेको घरेलु हिंसाको चरम यातना पश्चात आएको नतिजा हो । यदि घरेलु हिंसा नहुने वा कम हुने हो भने सम्म्बन्धविच्छेद पनि स्वत घटेर जान्छ । यसका जिम्मेवारी व्यक्ति भनेको हामी सबै हौ । यसलाई बुझेर क मगर्न का लागि आफैबाट हिंसाको अन्त्य गर्नु पर्दछ ।