काठमाडौँ – सरकारले बढी प्रचलनमा रहेका औषधिको खुद्रा मूल्य निर्धारण गर्दा २० प्रतिशतसम्म मूल्य कम हुने भएको छ ।
एउटै औषधिको मूल्य पनि उत्पादक कम्पनीअनुसार फरक(फरक भएपछि सरकारले बढी प्रचलनमा रहेका १८ र क्यान्सरलगायत दीर्घरोगका लागि चाहिने ७८ गरी ९६ प्रकारका औषधिको खुद्रा मूल्य तोकेको थियो । यसबाट बिरामी र परिवारलाई राहत मिल्ने भएको छ ।
राजपत्रमा सूचना प्रकाशित भएपछि उपभोक्ताले निर्धारित खुद्रा मूल्यअनुसार औषधि किन्न पाउनेछन् । एन्टिबायोटिक, उच्च रक्तचाप, मधुमेह, क्यान्सर, मिर्गौला, मानसिकलगायतका रोगका औषधिको खुद्रा मूल्य तोकिएको हो । कान्तिपुर दैनिक