
धादिङ– गल्छी गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुले पद तथा गोपनियताको सपथ लिएका छन् । नवनिर्वाचित अध्यक्ष केदारनाथ खतिवडाले उपाध्यक्ष भाइकाजी तिवारीलाई सपथ गराए । त्यसपछि गाउँपालिकाभित्रका आठ वटै वडाका वडा अध्यक्ष र सदस्यहरुलाई गल्छी गाउँपालिकाका निर्वाचन अधिकृत दिपेन्द्र सुवेदीले पद तथा गोपनियताको सपथ गराएका हुन् ।
सपथग्रहणसँगै गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित सबै जनप्रतिनिधिहरुले आजै पदबहाली गरेका छन् ।
तस्बिरमा हेरौ, गल्छी गाउँपालिकाको सपथ ग्रहण तथा पदबहाली कार्यक्रम ।






तस्बिरहरु : गल्छी गाउँपालिकाको फोसबुकबाट…