Thu. Nov 28th, 2024

जो सँग हारे, उसैलाई हराए

धादिङ – गजुरी गाउ“पालिकामा पूरानै प्रतिस्पर्धी गणेशलाल विजयी भएका छन् । पहिलो स्थानीय तह निर्वाचनमा निवर्तमान राजेन्द्र विक्रम बस्नेतस“ग पराजित भोगेका श्रेष्ठले यो पटक बस्नेतलाई नै हराए ।

नेकपा एमालेबाट एक्लै मैदानमा रहेका बस्नेतलाई यो पटक श्रेष्ठले गठबन्धनको आडमा सत्ता उल्टाएका हुन् । २०७४ को निर्वाचनमा का“ग्रेस र माओवादीबीच भएको गठबन्धनबाट उम्मेदवार बनेका श्रेष्ठले एक्लै होमिएका बस्नेतस“ग ३ सय ३० मतान्तरले पराजय भोग्नु परेको थियो । यसपटक तिनै बस्नेतस“ग २२ सय ५७ मतान्तरले विजयी भए ।

दोहोयाएर उम्मेदवार बनेका दुवैजना दुई पटकको निर्वाचनमा एकअर्काका प्रतिस्पर्धी हुन् । पहिलो पटक थोरै मतले पराजय भोग्नु परेका श्रेष्ठले यस पटक पहिलेभन्दा धेरै मतान्तरले जित पक्का गरे । विजयी भएपछि श्रेष्ठले अघिल्लो निर्वाचनमा व्यहोर्नुपरेको हारको बदला समेत भएको मान्छन् । श्रेष्ठ भन्छन्, ‘जो स“ग हारे, उसैलाई हराए’ ।

एमालेको गढ मानेको गजुरी गाउ“पालिकामा नेकपा माओवादी केन्द्र र नेपाली का“ग्रेसले आफ्नो जग बसाल्न सफल भए । गाउ“पालिका अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भए ।

८ वटा वडा मध्ये कांग्रेसले ३ वटा र माओवादीले ५ वटा वडामा जित सुनिश्चित गरे । पहिलो स्थानीय निर्वाचनमा कांग्रेस र माओवादीको गठबन्धनस“ग एक्लै लडेर गाउ“पालिका अध्यक्ष, उपाध्यक्ष सहित ४ ओटा वडा जितेको एमाले यो निर्वाचनमा पत्तासाफ नै बनेको छ ।
गठबन्धन गर्दा एमालेस“ग अलग भएको समाजवादी गजुरीको भागमा परेन । वडा तहमा गठबन्धन भएन ।

एक्लै चुनाव लड्दा जित्ने संभावना पनि भएन । त्यसपछि समाजवादी एमाले हराउ अभियानमा लाग्दा बागमती प्रदेशका मुख्यमन्त्री एवं. नेकपा एकिकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेको इलाका गजुरीमा नेपाली कांग्रेस र माओवादीले फाइदा लुटेको हो । २०७४ मा नेकपा एमालेको तर्फबाट अध्यक्ष र उपाध्यक्षमा बस्नेत र उपाध्यक्षमा सीता ढुंगाना विजयी भएका थिए । एमालेको विभाजनमा उपाध्यक्ष ढुंगानाले नेकपा एस रोजेपछि गजुरीमा एमाले कमजोर बनेको हो ।
गजुरीकै उपाध्यक्षमा विजयी भएकी नेपाली का“ग्रेसकी शर्मिला बिसुराल पनि अघिल्लो निर्वाचनमा पराजित भएकी थिइन् । नेकपा एमालेका उम्मेदवार सीता ढुंगाना (हाल नेकपा एस) स“ग ५ सय ८५ मतान्तरले पराजय भोग्नु परेका उनी यस पटक भने नेकपा एमालेकै उम्मेदवार भगवती खतिवडास“ग २१ सय ०७ मतान्तरले विजयी भएकी हुन ।

पहिले हारेर अहिले जितेका अनुहारहरु वडामा झन धेरै छन् । गजुरीकै वडा नं १ मा वडा अध्यक्ष निर्वाचित तारानाथ भण्डारी पनि अघिल्लो निर्वाचनमा पराजित अनुहार हो । नेकपा एमालेका उम्मेदवार राजकुमार पण्डितस“ग पराजित भोग्नु परेको थियो । नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका भण्डारी यस पटक उनै पण्डितलाई पराजित गर्न सफल भए ।

गजुरी वडा नं ५ मा पनि उस्तै छ । २०७४ मा माओवादी केन्द्रबाट उम्मेदवार बनेर पराजित भएका गोविन्द लामिछाने यस पटक वडा अध्यक्षमा निर्वाचित भए । नेकपा एमालेबाट विजयी भएका रामचन्द्र मिजारस“ग पराजय भोग्नु परेका लामिछानेले यसपटक भने बाजी मारे । ६२ मतान्तरले पराजय भोगेका लामिछाने यस पटकको निर्वाचनमा भने ७५ मतान्तरले विजयी भएका छन् ।
गल्छी गाउ“पालिका वडा नं ३ र वडा नं ५ मा पनि पूरानो प्रतिस्पर्धीले निवर्तमान प्रतिस्पर्धीलाई हराएका छन् ।

गल्छी ३ मा २०७४ को निर्वाचनमा पराजित भएका नेकपा माओवादी केन्द्रका राजन भुजेल यस पटक भने विजयी भएका छन् । अघिल्लो पटक नेकपा एमालेका उम्मेदवार कपिलप्रसाद रेग्मीस“ग हारेका भुजेल यसपटक उनै रेग्मीलाई २ सय ३७ मतान्तरले हराएका छन् । वडा नं ५ मा पनि अघिल्लो निर्वाचनमा नेकपा एमालेका प्रेमबहादुर तामाङस“ग पराजय भोगेका सरोज लामा तामाङ यसपटक विजयी भएका छन् । दुई वटै निर्वाचनमा दुवै जना एक आपसका प्रतिस्पर्धी हुन् ।

दुवै वडामा गठबन्धनको आडमा पहिले जितेकालाई हराउन सफल भएका छन् ।
धुनीबेसी नगरपालिका वडा नं ९ मा पनि पहिले जितेका र हारेका दुवै जना यसपटक प्रतिस्पर्धी बने । २०७४ मा नेकपा एमालेका उम्मेदवार साइला राईस“ग ५७ मतान्तरले पराजित भएका नेपाली का“ग्रेसका माधव प्रसाद सिलवाल यसपटक भने निर्वाचित भएका छन् ।

पहिले आफैलाई हराएका पूरानै प्रतिस्पर्धी राईलाई यसपटक भने २ सय ५ मतान्तरले पराजित पार्दै विजयी भएका हुन् ।


About The Author

अन्य समाचारहरु: