
काठमाडौं – साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार १५।८२ अंकले घटेको छ । पहिलो पटक शुक्रबार सेयर बजार कारोबार भएको हो । बजार २२३५।०९ बिन्दुमा आएर रोकिएको छ ।
शुक्रबार कुल २२३ कम्पनीको १९ हजार १०९ पटक कारोबारबाट २५ लाख २४ हजार २६८ कित्ता सेयर किनबेच भएको छ ।
शुक्रबार कारोबार रकम भने मात्र ९३ करोड २२ लाख ६ हजार ८४ रुपैयाँ बराबरको मात्र भएको छ ।
म्युचअल फन्ड बाहेक शुक्रबार सबै उपसमूहको नेप्से परिसूचक ओरालो लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा व्यापार र अन्य उपसमूहका लगानीकर्ता छन् ।
घटेको बजारमा समेत सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताको भने प्रतिकित्ता ३९ रुपैयाँका दरले मूल्य बढ्यो ।
यो कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै २।७३ प्रतिशतले बढेको हो । श्री इन्भेष्टमेन्ट फाइनान्स, लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समेत बढ्यो । सबैभन्दा धेरै तेह्रथुम पावर कम्पनीको मूल्य ४।९४ प्रतिशतले घट्यो ।