काठमाडौं -पार्टीको तर्फबाट सरकारमा पठाइएका अधिकांश मन्त्री विवादमा तानिएको भन्दै एमालेले संस्थागत रुपमै मन्त्रीहरुको समीक्षा गर्दै छ ।
मन्त्रीहरुको काम कारबाही, आचरण र गतिविधि समीक्षा गर्नकै लागि शनिबार स्थायी समितिको बैठक बस्न लागेको छ ।मंगलबार बसेको स्थायी समिति बैठकमा सदस्यहरुले ‘एमालेका मन्त्रीहरु इतिहासमै धेरै भएको’ भन्दै समीक्षा गर्नुपर्ने माग गरेपछि शनिबार बस्ने बैठकको एजेन्डा बनाइएको हो ।
एमालेले सरकारमा १० मन्त्रालय सम्हालिरहेको छ । विवादकै कारण अहिलेसम्म चार मन्त्री फेरिएका छन् । नयाँ पत्रिकाबाट