Thu. Nov 28th, 2024

गल्छीको अध्यक्षमा एमाले र उपाध्यक्षमा काँग्रेसका उम्मेदवार विजयी

धादिङ- गल्छी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार केदारनाथ खतिवडा विजयी भएका छन् । उनले ७ हजार ३ सय ९ मत प्राप्त गरे । उनका प्रतिद्धन्द्धि गठबन्धनका उम्मेदवार नेकपा एकिकृत समाजवादीका कृष्णहरि श्रेष्ठले ७ हजार ५७ मत प्राप्त गरे ।

त्यस्तै उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार भाईकाजी तिवारी विजयी भएका छन् । उनले ७ हजार ४ सय ९४ मत प्राप्त गरे । उनका प्रतिद्धन्द्धि नेकपा एमालेका उम्मेदवार राधा लामिछानेले ७ हजार ४८ मत प्राप्त गरिन् । श्रेष्ठ र लामिछाने २०७४ सालको निर्वाचनमा अध्यक्ष र उपाध्यक्षमा विजयी भएका थिए । यस पटक भने दुवै जनाले पराजय भोग्नु परेको छ । गल्छी गाउँपालिकामा तीन दलिय गठबन्धन र नेकपा एमालेबीच चुनावी प्रतिस्पर्धा थियो ।

गल्छी गाउँपालिका वडा नं १ एमालेका यदुकुमार खतिवडा ९ सय ९६, वडा नं २ मा एमालेका सडानन्द खनालले १ हजार ४७, वडा नं ३ मा माओवादी केन्द्रका राजन भुजेलले ७ सय २५, वडा नं ४ मा नेपाली काँग्रेसका राजु अधिकारीले १ हजार १ सय ६ मत प्राप्त गरे । त्यस्तै वडा नं ५ मा माओवादी केन्द्रका सरोज लामा तामाङले ९ सय ७०, वडा नं ६ मा नेपाली काँग्रेसका दिपक कुमार कार्कीले ९ सय ४१, वडा नं ७ मा नेकपा एमालेका हरिप्रसाद खतिवडाले १ हजार ९२, वडा नं ८ मा नेपाली काँग्रेसका विशाल लुंगेली मगरले १ हजार १ सय ७५ मत ल्याए ।

About The Author

अन्य समाचारहरु: