धादिङ– गजुरी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा गठबन्धका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रका गणेशलाल श्रेष्ठ विजयी भएका छन् । उपाध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसकी सर्मिला विसुराल विजयी बनेकी छिन् ।
श्रेष्ठले ६ हजार ३ सय ८ ल्याएर अध्यक्षमा विजयी भएका हुन् । उनको प्रतिद्वन्दी नेकपा एमालेका राजेन्द्र विक्रम बस्नेतले ४ हजार ५१ मत ल्याए । ०७४ सालमा पनि यी दुई बीच प्रतिस्पर्धा रहेको थियो । २०७४ को निर्वाचनमा बस्नेतले ४ हजार ३ सय ३६ मत ल्याउदा श्रेष्ठले ४ हजार ६ मत ल्याएका थिए । त्यो बेलाको हारको बदलामा यो पटक गठबन्धनको सहयोग लिएर श्रेष्ठले चुक्ता गरेका छन् ।
उपाध्यक्षमा विजयी विसुरालले ५ हजार ६ सय ९९ मत ल्याएकी छन् भने उनको प्रतिद्वन्दी एमाले उम्मेदवारले ३ हजार ५ सय ९२ मत ल्याएकी छन् । विसुराल पनि ०७४ मा उपाध्यक्षमा एमालेसँग परिजित बनेकी थिईन् । यो पटक गठबन्धनको सहयोगमा उनले पनि एमालेलाई बदला चुक्ता गरिन् ।
माओवादी केन्द्रले अध्यक्ष सहित ५ वटा वडा र कांग्रेसले उपाध्यक्ष सहित ३ वटा वडामा जित हासिल गर्दा गठबन्धनमा रहेको एकीकृत समाजवादी र एक्लै प्रतिपर्धामा रहेको एमालेले वडा समेत जित्न सकेनन् ।