धादिङ– धादिङको विकटमा पर्ने रुविभ्याली गाउँपालिका वडा नम्बर ४ को वडा अध्यक्षमा पुन: प्रशान्त तामाङ विजयी भएका छन् ।
तीन दलीय गठबन्धनलाई उछिन्दै राप्रपाका तामाङ ५ सय ४ मतसहित विजयी भएका हुन् । यो वडामा नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन थियो ।
गठबन्धन तर्फबाट नेकपा माओवादीका उम्मेदवारले ३ सय ५५ मत प्राप्त गरेका छन् । वडा सदस्यहरु पनि राप्रपाबाटै विजयी भएको रुविभ्यालीका निर्वाचन अधिकृत भीम प्रसाद सुवेदीले जानकारी दिए ।
रुविभ्याली – ४ बाट गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा पनि राप्रपाकै मत बढी छ । पालिका अध्यक्षमा राप्रपाको उम्मेदवारले ६ सय १६ र गठबन्धनबाट माओवादीका उम्मेदवारले ३ सय ५४ मत प्राप्त गरेका छन् ।
त्यस्तै गाउँंपालिका उपाध्यक्षमा राप्रपाका उम्मेदवारले ५ सय ९८ र गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवारले ३ सय १० मत प्राप्त गरेका छ । यो वडा २०६४ को निर्वाचन पछि राप्रपाले नै राज गर्दै आएको वडा हो ।