धादिङ – सदरमुकाम धादिङबेशीमा एचआईभी संक्रमित भएकाहरुलाई षोषण खाद्य सामाग्री वितरण गरिएको छ ।विहिबार एक कार्यक्रमको आयोजना गरी सामग्री वितरण गरिएको हो ।
युनाईटेड मिसन टु नेपाल धादिङ क्लष्टरको सहयोगमा चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज ९सिड्स० धादिङले शितल समाज धादिङमा आवद्ध २७ जना एचआईभी संक्रमितहरुलाई राहत स्वरुप षोषण खाद्य सामाग्री वितरण गरेको हो । गत बैशाख १२ गतेको महाभुकम्प र त्यसपछिको भुकम्पबाट पीडित एचआईभी संक्रमितहरुलाई चामल १ बोरा, चनाको पिठो ५ किलोग्राम, गेडागुडी ३ किलोग्राम र हर्लिक्स २ बट्टा वितरण गरिएको सिड्स धादिङको समुदायमा आधारित एचआईभि एड्स सचेतना तथा रोकथाम परियोजनाका संयोजक शान्ता पाण्डेले जानकारी दिए ।
शितल समाजमा अहिले ३० भन्दा बढि एचआइभी सँक्रमितहरु आवद्ध छन् । समाजका अध्यक्ष कविता आलेले यस किसिमको राहतले एचआईभी संक्रमितमा खुशी ल्याएको बताइ । त्यस्तै यु एमएन धादिङका सिनियर प्रोगाम अफिसर कल्पना भट्टराईले राजमार्ग आसपास लगायत धादिङको उत्तरी क्षेत्रमा बढि एचआईभि संक्रमित रहेको पाईएकाले सिड्स धादिङ मार्फत राहत वितरण सँगै सचेतनाको काममा सहयोग गरिरहेको बताए ।
राहत वितरण कार्यक्रममा यु एम एन काठमाण्डौँका हेल्थ टिम लिडर तारानाथ आचार्यले भुकम्प पछिको यो समयमा एचआईभी संक्रमितहरुले आफुलाई सुरक्षित राख्न पोषणमा विशेष ध्यान दिनुपर्ने बताइ । सिड्स धादिङका रश्मि सेँढाईले हिजोका कुराहरुलाई बिर्सिएर पोषिलो खानेकुरा खाई अब ढुक्क साथ ज्यून आग्रह गरिन्। यस अघि पनि युनाईटेड मिसन टु नेपाल धादिङ क्लष्टर र सिड्स धादिङले २७ जना भुकम्पबाट प्रभावित एचआईभी संक्रमितहरुलाई पाल, मण्डि, डेक्ची, थाल, लगायतका सामाग्रीहरु वितरण गरेको थियो ।