Fri. Feb 28th, 2025

ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ गोरखाका अशोक गुरुङको मृत्यु

२५ असार, धादिङ – धादिङको वेनिघाट गाँउ विकास समितिको वडा नं ९ सलाङघाटमा ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक गोरखा पालुङका १७ वर्षीय अशोक गुरुङ रहेका छन् । दुर्घटनामा मोटरसाइकलको पछाडि बस्ने अर्का एक जना घाइते भएको प्रहरीले जनाएको छ । शुक्रबार विहान पश्चिमबाट काठमाडौँ आउदै गरेको ट्रकले काठमाडौँबाट गोरखा जादै गरेको मोटरसाइकललाई ठक्कर दिएको हो   ।

मोटरसाइकललाई ठक्कर दिएपछि ट्रक भागेको थियोे । ट्रकको खोजी कार्य भइरहेको प्रहरी नायव उपरीक्षक प्रकाश मल्लले जानकारी दिनुभएको छ । दुवै सवारीको नम्बर खुल्न सकेको छैन ।

About The Author

अन्य समाचारहरु: