Thu. Nov 28th, 2024

निर्वाचनको समयमा ७२ घण्टा नेपाल भारत सीमा सिल गर्ने सहमति

काठमाडौ – निर्वाचन सुरक्षाको विषयमा नेपाल–भारत सीमावर्ती क्षेत्रका अधिकारीहरुबीचको बैठक पश्चिम नवलपरासीको सुनवलमा सम्पन्न भएको छ ।

पूर्वी नवलपरासी , पश्चिम नवलपरासी र चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी र भारत पश्चिम चम्पारणका जिलाधिकारी (डीएम) र सुरक्षा अधिकारीबीच छलफल भएको हो ।

स्थानीय तहको निर्वाचनमा सुरक्षा अवस्था मजबुत बनाउन निर्वाचनको समयमा ७२ घण्टा सीमा सिल गर्ने सहमति भएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए ।

About The Author

अन्य समाचारहरु: