काठमाडौ – सुनको भाउ बुधबार प्रतितोलामा तीन सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ कायम भएको छ ।
मंगलबार सुन तोलाको ९९ तीन सय रुपैयाँमा कारोबार भएको थियो । आज बुधबार तेजावी सुनको भाउ तोलाको ९८ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ ।
चाँदीको भाउ पनि प्रतितोलामा १० रुपैयाँले घटेको छ ।
मंगलबार एक हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार तीन सय ४० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।