नेपाल–भारत सीमा सुरक्षा बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको ४८ घण्टा अगाडिदेखि नै नेपाल–भारत सीमानाका बन्द गर्ने निर्णय गरेको छ।
शनिबार कैलालीको गोदावरीमा सम्पन्न सीमा सुरक्षा बैठकले निर्वाचनलाई निष्पक्ष र स्वच्छ बनाउन सीमानाका बन्द गर्ने निर्णय गरेको कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए।
सीमा सुरक्षा बैठकमा नेपालका तर्फबाट कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुखलगायत भारतका तर्फबाट लखिमपुर खिरी जिल्लाका सहायक प्रजिअ, एएसपी प्रमुख अरुण कुमार सिंहलगायतको सहभागि थिए ।