काठमाण्डौ – सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए) बाट १५० मिलियन अमेरिकी डलर (१८ अर्ब रुपैयाँ) सहुलियत ऋण सहायता स्वीकार्ने लिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आईडीएबाट १८ अर्ब रुपैयाँ बराबर सहुलियत ऋण सहायता स्वीकार्ने सरकारले निर्णय गरेको जानकारी दिए ।
अमेरिकाको अन्तर्राष्ट्रिय विकासका लागि सहयोग निकाय युएसएआईडीबाट प्राप्त हुने ७९ अर्ब ७१ करोड रुपैयाँ अनुदान सहायता रकम पनि स्वीकार गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले बताए ।