Thu. Nov 28th, 2024

सिद्दलेकका एमालेले प्रेम सिलवाल र कमला शर्मालाई नै उम्मेदवार बनाउने

धादिङ– आसन्न स्थानिय तहको निर्वाचन नेकपा एमाले सिद्धलेकले गाउँपालिकाको अध्यक्षमा पुनः प्रेमनाथ सिलवाल र उपाध्यक्षमा कमला शर्मालाई नै उठाउने निर्णय गरेको छ ।

नेकपा एमालेबाट निर्वाचित अध्यक्ष सिलवाल र उपाध्यक्ष शर्माको नेतृत्वमा गाउँपालिकाले धेरै राम्रो काम गर्न सफल भएकाले फेरी उम्मेद्वार दोहोर्‍याउन लागेको नेकपा एमाले सिद्धलेक गाउँपालिका कमिटिले जनाएको छ । गाउँपालिका अध्यक्षको टिकट पाएसँगै प्रेमनाथ सिलवालले आफ्नो चुनावी एजेन्डाका साथ चुनावी तयारीमा जुट्नु भएको छ । खानेपानी, स्वास्थ्य, शिक्षा, कृषिलाई प्राथमिकतालाई आधार मानेर अघि बढ्न लागेको अध्यक्ष सिलवालले बताए ।

५ वर्षसम्म पुरा नभएका योजनाहरुलाई अबको ५ वर्षमा पुरा गर्ने उनले बताए । खानेपानी, कृषि, पर्यटन जस्ता महत्वपूर्ण योजनाहरु अधुरा छन् सिलवालले भने- ‘नयाँ चुनावी एजेन्डा नभएपनि आफुले थालनी गरेका योजनाहरुलाई पुरा गर्न र जनताले देखिने गरि काम गर्न एक पटक अध्यक्षमा नै दोहोर्‍याउन लागेको हुँ ।’

६० किलोमिटर बाटो कालोपत्रे गर्ने, खानेपानी तथा कृषिको छुट्टै शाखा बनाएर कार्य गर्ने, उत्पादनमा आधारित कृषि अनुदानलाई निरन्तरता दिने योजना रहेको सिलवालले बताए।

आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा माओवादी केन्द्र नीलकण्ठ नगरपालिका–३ ले उम्मेदवारको टुङ्गो लगाएको छ । आइतबार बसेको वडा समितिको बैठकले नारायण कुमार श्रेष्ठलाई वडा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । अध्यक्षका उम्मेद्वार श्रेष्ठ एम्बुलेन्स अंकलको नामले चर्चित छन् ।

About The Author

अन्य समाचारहरु: