Thu. Nov 28th, 2024

गाउँको विकासमा आएको पैसा सदुपयोग गर्न युवा जाग्नुस् : राजेन्द्र पाण्डे

धादिङ – प्रदेशका सबै छोरीलाई अब प्रदेश सरकारले छात्रवृत्तिमा उच्च शिक्षा अध्ययन गराउने बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बताएका छन् । 

नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपाल गजुरी गाउँपालिका संगठन कमिटी गठनको प्रथम अधिवेशन उद्घाटनलाई सम्बोधन गर्दै पाण्डेले प्रदेश सरकारले आगामी आर्थिक वर्षबाट सामुदायिक विद्यालयबाट एसइई उत्तीर्ण गरेका सबै छात्रालाई सामुदायिक क्याम्पसमा उच्च शिक्षा पढाइदिने बताएका हुन् । 

प्रदेशका ११९ वटै पालिकाले एक जनाका दरले दलित, जनजाति र पिछडिएका समुदायको छात्र वा छात्रालाई प्राविधिक शिक्षाका लागि सिफारिस गर्ने र प्रदेश सरकारले पढाउने व्यवस्था मिलाइने उनले बताए । 

‘गाउँको विकास निर्माणमा आएको सबै पैसा सदुपयोग गर्ने पनि युवाले नै हो’,नेकपा समाजवादी पार्टीको उपाध्यक्ष समेत रहेका पाण्डेले भने- ‘चुनावमा पनि युवाहरू जागेर लाग्नुस्, तपाइहरुको समस्या समाजवादी पार्टीले मात्रै गर्न सक्छ ।’

चुनावी प्रशंग जोड्दै पाण्डेले भने- ‘अहिलेको गठबन्धनले चुनावी तालमेल गर्छ, जहाँ जो संग मिलेर होस् एमाले हराउने हाम्रो अभियान हो ।’

कार्यक्रममा बोल्दै एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले केपी ओलीको अहंकार र व्यक्तिगत घमण्डले गर्दा समाजवादी पार्टी जन्माएर एमालेसंग अलगिनु परेको स्पस्ट पारे । ‘केही काम नगर्ने गफाडी सधैं झुट बोल्नेको पछाडि हिड्न सकिएन’, तुलाधरले भने- ‘हामी ओलीले नगरेको काम गर्न चाहन्छौं, त्यो गहन उद्देश्य पूरा गर्ने काममा आम नागरिकको साथ लिएर अगाडि बढौं ।’

About The Author

अन्य समाचारहरु: