Sat. Mar 15th, 2025

अमेरिकामा गोली चल्दा ६ जनाको मृत्यु

एजेन्सी – क्यालिफोर्निया राज्यको राजधानी साक्रामेन्टोमा भएको सशस्त्र भीडन्तमा छ जनाको मृत्यु छ। घटनामा नौ जना घाइते भएका छन्।
“घटनामा कम्तीमा १५ जनालाई गोली लागेको र उनीहरूमध्ये छ जनाको मृत्यु भएको छ।” त्यहाँको प्रहरी विभागले भनेको छ।

साक्रामेन्टोमा गोली हानाहान भएपछि प्रहरीले धेरै सडकहरू बन्द गरको थियो । विगत केही वर्षमा संयुक्त राज्य अमेरिकाभरि बन्दुक आक्रमण बढ्दै गएको छ।

सन् २०२० को चुनावको शिलशिलामा तनाव बढेसँगै बन्दुक बिक्रीमा वृद्धि हुनु र कोभिड–१९ महामारीको कारण भएको आर्थिक तथा सामाजिक व्यवधानका कारण अमेरिकामा हिंसात्मक गतिविधिमा वृद्धि भएको हो।

बन्दूक हिंसाको तथ्याङ्क सङ्कलन गर्न सक्रिय गैरनाफामूलक अनुसन्धान समूह, ‘गन भाइलेन्स अर्काइभ’ले गरेको एक अध्ययन अनुसार यस वर्ष सम्म देशमा बन्दुकको हिंसाका कारण १७ हजार मानिस घाइते भएका छन् भने तीमध्ये सयौँको मृत्यु भएको छ।

About The Author

अन्य समाचारहरु: