Fri. Mar 14th, 2025

आईसीसी क्रिकेट विश्वकप लिग २ मा आज नेपालको खेल

काठमाडौं– युनाइटेड अरब इमिरेट्स (यूएई)मा मंगलबारदेखि सुरु भएको आईसीसी क्रिकेट विश्वकप लिग टुमा आज नेपालले पहिलो खेल खेल्दै छ ।

नेपालले आज पपुवा न्युगिनीसँग खेल्न लागेको हो । खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ ।

यसअघि नेपालले  श्रीलंकामा एक साताभन्दा बढी तयारी र अभ्यास खेलेको थियो ।

About The Author

अन्य समाचारहरु: