काठमाडौँ – चितवनमा कृषि कर्जा मेला हुने भएको छ। आर एन्ड डी इनोभेटिभ सोलुसन प्रालि र नेपाल कृषि मेसिनरी व्यवसायी संघले चैत ९ देखि १२ गतेसम्म कृषि कर्जा मेला सञ्चालन गर्न लागेको हो ।
मेला चितवन एक्स्पो सेन्टर, भरतपुरमा हुनेछ। कृषि तथा पशुपक्षी मन्त्रालय, कृषि विभाग, कृषि पूर्वाधार तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र नेपाल कृषि मेसिनरी व्यवसायी संघको संयुक्त आयोजनामा पाँचौँ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी हुन लागेको हो।
नेपाल बैंकर्स संघका कार्यकारी निर्देशक अनिलकुमार शर्माले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले कृषि क्षेत्रलाई बढी जोड दिइरहेको बताए। उनले सरकारको चाहना पनि कृषि क्षेत्रलाई उकास्ने रहेको भन्दै सहुलियत कर्जा कृषि क्षेत्रमै रहेको बताए।