Fri. Mar 14th, 2025

भारतीय सुपरस्टार रामचरणले नेपालको मुस्ताङमा फिल्म छायांकन गर्दै

काठमाडौ– नेपालमा बढ्दै गएको विदेशी फिल्मको छायांकनमा अर्को फिल्म पनि थपिने भएको छ। दक्षिण भारतीय अभिनेता रामचरणको नयाँ फिल्मको छायांकन नेपालमा हुने भएको छ। फिल्मको छायांकनका लागि फेब्रुअरी २८ मा उनी नेपाल आउन लागेका हुन्। 

रामचरणले नेपालमा छायांकन गर्ने फिल्मको नाम सार्वजनिक गरिएको छैन। फिल्मको नेपालमा छायांकनको व्यवस्थापनको जिम्मा लिएको थ्री ह्विल्स प्रालिका अनुसार उक्त फिल्मको छायांकन काठमाडौंसँगै मनाङ र मुस्ताङमा हुनेछ।

कम्पनीका अनुसार फिल्मको छायांकन आउँदो अप्रिलबाट सुरु हुनेछ।

About The Author

अन्य समाचारहरु: