काठमाडौ– सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले संसदमा पेश गरिएको एमसिसी सम्झौंता निर्णयार्थ पेश हुनुअघि नै आफ्नो पार्टी सरकारबाट बाहिरिने चेतावनी दिएका छन्।
पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका नेता श्रेष्ठले एमसिसी बलजफ्ती संसदमा टेवल गरिए सरकार छोडने पार्टी संसदीय दल र सचिवालयको बैठकको निर्णय परिवर्तन नहुने अडान राखे।
एमसिसी संसदमा टेवल भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले पार्टीको निर्णय अनुसार अब आफूहरू सरकारमा बस्न नसक्ने स्पष्ट पारेका हुन्। नेता श्रेष्ठले एमसिसीजस्तो नेपाललाई दूरगामी असर पुर्याउने र राष्ट्रियतासँग सम्बन्धित तथा सिंगो नेपाली समाज विभाजित भएको संवेदनशील सम्झौंतालाई प्रधानमन्त्री शेरबहादुर देउवा र उनी नेतृत्वको नेपाली कांग्रेसले प्रमुख प्रतिपक्ष दल एमालेले संसद अवरुद्ध पारिरहेको बेला संसदमा टेवल गरेको भन्दै आपत्ति जनाए।
बलजफ्ति निर्णय प्रक्रिया अगाडि बढाउने गरी यो सम्झौता टेबल गरेर धकेलेमा आफूहरू सरकारमा बसिनरहने स्पष्ट पारे।