Thu. Mar 13th, 2025

खोप लगाएकालाई अस्टेलिया पर्यटन भिसावाहकका लागि सीमा खुल्ला

एजेन्सी – अस्ट्रेलियाले करिब दुई वर्षपछि पर्यटक र अन्य भिसावाहकका लागि सीमा खुला गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री स्कट मरिसनले कोभिडविरुद्धको खोपको पूर्ण मात्रा लिएका पर्यटकहरूका लागि फेब्रुअरी २१ देखि आफ्नो देशमा प्रवेश दिइने बताएका हुन्।

कोरोना संक्रमण फैलिएसँगै अस्ट्रेलियाले लामो समयदेखि विदेश नागरिकलाई प्रवेश निषेध गर्दै आएको थियो।

त्यसका साथै उसले कडा प्रतिबन्धात्मक नियमहरू लागू गर्दै आएको थियो। सरकारको पछिल्लो निर्णयलाई शिक्षालगायत विभिन्न क्षेत्रले स्वागत गरेका छन्।

‘करिब दुई वर्षपछि विदेशबाट आउने पर्यटकलाई प्रवेश दिने निर्णय भएको हो,’ राष्ट्रिय सुरक्षासम्बन्धी बैठकपछि प्रधानमन्त्री मरिसनले भने। उनले सबै प्रकारका भिसा पाएकालाई अस्ट्रेलिया आउन दिने निर्णय भएको जनाएका हुन्।

अस्ट्रेलियाले कोभिड–१९ को महामारी फैलन रोक्न भन्दै सन् २०२० को मार्चदेखि विदेशी पर्यटकलाई प्रवेश रोकेको थियो।

About The Author

अन्य समाचारहरु: