काठमाडौं- नेकपा माओवादी केन्द्रले एमसीसीबारे थप निर्णय केन्द्रीय कमिटी बैठक पछिमात्रै गर्ने भएको छ ।
आइतबार दिनभर र सोमबार बिहान भएको माओवादी शीर्ष नेताहरुको छलफलमा एमसीसीबारे पार्टी भित्रको दोहोरो रणनीतिबारे आउँदो केन्द्रीय कमिटी बैठकमा थप प्रष्ट पार्ने सहमति बनेको हो ।
माओवादीले आउँदो २७ गतेदेखि पार्टी केन्द्रीय कमिटी बैठक बोलाएको छ । सो बैठकमा एमसीसीबारे कुरा उठाउने माओवादी केन्द्रका केन्द्रीय सदस्य हिमाल शर्माले बताए ।
केन्द्रीय समिति बैठकअघि २६ गते प्रतिनिधिसभाको बैठक बोलाइएको छ ।