धादिङ – वरिष्ठ संगीतकार टिका भण्डारी, बी बी अनुरागी, नायिका सुस्मा अधिकारी लगायत दर्जनौ कलाकारहरुको सहयोगमा धादिङका ५ विद्यालयका करिब ४५० बिद्यार्थीलाई १्१ दर्जनकापी तथा १् १ दर्जन कलम तथा खेलकुद सामग्री वितरण गरिएको छ ।
भूकम्पबाट प्रभावित बनेका विद्यार्थीहरुलाई सामग्री सँगै भव्य सांगीतिक कार्यक्रमले मनोरन्जन समेत प्रदान गरिएको छ । भौगोलिक विकटता र चेतनाको कमीको कारणले बिद्यार्थीहरुले पढाई बिचमै छाड्ने त्यस स्थानमा आइतबार पहिलो पटक कलाकार र संगीतकारहरुको टोली पुगेको हो । मुसलधारे पानीको कुनै प्रबाह नगरी संगीतकार भण्डारी सहित करिब १ दर्जन कलाकारहरु करिब २ बजेतिर नौबिसेबाट करिब ३ घन्टाको पैदलदुरीमा रहेको कार्यक्रम स्थल गुरुदुमको दोभानमा पुगेका थियो ।
५ वोटा बिद्यालयहरु ज्ञानोदय प्रावि, चण्डीदेबी निमावि, सेती देबी प्रावि, गुरुदुम प्राविले गरेको सामुहिक कार्यक्रममा बी बी अनुरागीको गीत एबम लाइभ संगीतमा कलाकारहरु सुस्मा अधिकारी, रिना बम ,देवराज अधिकारी , सुनिता गुरुङ र सुदर्शन महर्जन लगाएतले मनोरन्जन प्रदान गरेका हुन् ।
कार्यक्रममा गायक बरिष्ठ संगीतकार टिका भण्डारीले आधुनिक एवम् चलचित्रका गीतहरु प्रस्तुत गर्दा झरीको कुनै प्रबाह नगरी दर्शकहरु प्लास्टिकको छाना ओढेर मानिस नाचगान गरिरहेका थिए । भूकम्पीय त्रास न्यूनीकरण कम गर्नका लागि आयोजना गरिएको मनोसामाजिक कार्यक्रममा आयो भुकम्प नाटक पनि प्रस्तुत गरिएको थियो । भौगोलिक विकटता र चेतनाको कमीको कारणले विद्यार्थीहरुले पढाई बिचमै छाड्ने त्यस स्थानमा बैशाख १२ को महाभूकम्पले झन् असर परेकोले आफुहरुले सहयोग गरेको वरिष्ठ संगीतकार टिका भण्डारीले जानकारी दिनुभयो ।